अबको केही महिनापछि सधैँका लागि बन्द हुँदै छ फेसबुक च्याट

काठमाडौं, १९ मंसिर । नेपालमा हुन लागेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वचनको मौन (प्रचारप्रसार गर्न नपाइने) अवधिमा एक्कासि फेसबुक च्याट बन्द हुँदा धेरैले हैरानी खेपे । निर्वाचनलाई मध्यनजर गरेर नेपालमा मात्र फेसबुक च्याट बन्द भएको धेरैले अनुमान गरे । कतिपय फेसबुक प्रयोगकर्ताले सरकार र निर्वाचन आयोगलाई तथानाम गाली बर्साउन थाले ।
बन्द भएको आधा घण्टाभित्रै फेरि च्याट सेवा खुल्यो । निरास बनेका प्रयोगकर्ता पुनः यसको प्रयोगमा व्यस्त हुन थाले । एकछिन बन्द हुँदा मोबाइल प्रयोगकर्तामा देखिएको हैरानीले फेसबुक सबै मानिसका लागि एक अभिन्न अंग बनिसकेको पुष्टि भएको छ ।
तर, अबको केही महिनापछि फेसबुक च्याट सधैँका लागि बन्द हुने भएको छ । तर, म्यासेन्जर एप डाउनलोड गरेर त्यसमार्फत भने यो सुविधा प्रयोग गर्न सकिनेछ । समाचारअनुसार फेसबुकले आफ्नो मोबाइल फोन प्रयोगकर्ताका लागि फेसबुक च्याटका लागि म्यासेन्जर एप डाउनलोड अनिवार्य गर्न लागेको बताइएको छ । गत अप्रिल महिनादेखि युरोपबाट यस्तो प्रयोग सुरु गरेर हौसिएको फेसबुकले विश्वव्यापी रूपमै म्यासेन्जर एपलाई अनिवार्य बनाउन लागेको समाचार छ ।

Comments

Popular posts from this blog

एमाले एक्लै बहुमतको नजिक पुग्दै गर्दा भारतबाटआयो एस्तो खबर

कांग्रेसको पक्षमा स्पष्ट नतिजा नआउने भएपछि सभापति देउवाको राजिनामा माग !