तीनवटा मतपत्रमा कसरी हाल्ने चार भोट ? (जनचेतनाका लागि सबैमाझ पुर्याउनुहोला)



मंसिर १०



प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि तीन वटा मतपत्र हुनेछन् । तर चार ठाउँमा मतदान गर्नु पर्नेछ । प्रत्येक मतपत्र छुट्टाछुट्टै मतपेटिकामा खसाल्नु पर्नेछ ।

निर्वाचन आयोगका अनुसार सबैभन्दा पहिले हरियो रङ्गको मत पत्र दिइने छ । यसमा प्रतिनिधिसभाका प्रत्यक्ष उम्मेदवारलाई मतदान गर्नुपर्छ ।

आफूले रोजेको उम्मेदवारको चुनाव चिन्हमा मत दिएपछि मत पेटिकामा खसाल्नुपर्छ । प्रतिनिधिसभाको मतपत्र जिल्ला अनुसार फरकफरक हुनेछ । जिल्लामा रहेका उम्मेदवारको मात्रै चुनाव चिन्ह हुन्छ ।



हरियो रङ्गको मतपत्र मतपेटिकामा खसालीसकेपछि कालो रङ्गको मतपत्र दिइने छ । यो मतपत्र प्रदेशसभाका उम्मेदवारलाई भोट हाल्न हो । यसमा पनि जिल्लामा रहेका उम्मेदवारको मात्रै चुनाव चिन्ह हुन्छ । यसमा भोट हालेर छुट्टै मतपेटिकामा खसालेपछि रातो रङ्गको मतपत्र दिइने छ । यसमा भने दुई ठाउँमा मतदान गर्नुपर्छ ।

यो प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतदानका लागि हो । मतमत्रको माथिल्लो भागमा प्रतिनिधिसभा तर्फको चुनाव चिन्ह हुनेछ । यसमा ८८ वटा चुनाव चिन्ह हुन्छ र यो देशैभर एकैखालको हुन्छ । तर मतपेटिकाको तल्लो भागमा भने प्रदेश अनुसार फरकफरक हुन्छ ।



मतपत्रको माथिल्लो भागमा प्रतिनिधिसभा तर्फको समानुपातिकका लागि आफूले चाहेको दलको एक चिन्हमा र त्यसको तल्लो भागमा प्रदेशसभाका लागि आफूले चाहेको दलको चिन्हमा मतदान गर्नुपर्छ । यो मतपत्रको तल्लो भागमा प्रदेश नम्बर १ मा ८७, प्रदेश नम्बर २ मा ८६, प्रदेश नम्बर ४ मा ८८, प्रदेश नम्बर ४ मा ८२, प्रदेश नम्बर ५ मा ८४, प्रदेश नम्बर ६ मा ८२ र प्रदेश नम्बर ७ मा ८३ वटा दलका चिन्ह भएको मतपत्र हुनेछ

Comments

Popular posts from this blog

एमाले एक्लै बहुमतको नजिक पुग्दै गर्दा भारतबाटआयो एस्तो खबर

कांग्रेसको पक्षमा स्पष्ट नतिजा नआउने भएपछि सभापति देउवाको राजिनामा माग !