काठमाडौंबाट छुटेको बस मोटरसाइकल जोगाउन खोज्दा भीरबाट खस्यो…



काठमाडौंबाट छुटेको बस मोटरसाइकल जोगाउन खोज्दा भीरबाट खस्योकाठमाडौंबाट छुटेको बस मोटरसाइकल जोगाउन खोज्दा भीरबाट खस्योकाठमाडौं– बाट गाइघाट जाँदै गरेको माइक्रो बससिन्धुलीको फिटिङ दोभानमा दुर्घटनामा परेको छ । उक्त दुर्घटनामा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा बा ३ ख ८४६७ नम्बरको माइक्रो बसमा रहेका १६ जना यात्रु घाइते भएका छन् । उद्दारका लागि घटनास्थलमा प्रहरी परिचालन भएको छ ।विपरित दिशाबाट आएको मोटरसाइकललार्इ जोगाउन खोज्दा माइक्रो बस र मोटरसाइकल एक आपसमा ठक्कर खाएका थिए । माइक्रो सडकबाट २५ मिटर तल खोला किनारमा खसेको थियो ।

काठमाडौँ– काठमाडौँको त्रिचन्द्र क्याम्पस क्षेत्र आज बिहान नक्कली बमको कारणले एकाएक आतंकित बन्यो । त्रिचन्द्र क्याम्पसको पछाडी पर्खालसँगै भूइमा फलामको डल्लोमा तार जोडिएको र बाहिर बम लेखिएको शंकास्पद वस्तु फेला परे पछि जमल क्षेत्र आतंकित बनेको हो ।बम भेटिएको हल्लासँगै नेपाली सेना र प्रहरीले अनुशन्धान गरि डिस्पोज गर्दा नक्कली बम भएको पाइयो । अहिले त्यस क्षेत्रको अवस्था सामान्य भएको छ ।काठमाडौँलगायत देशका विभिन्न भागमा बमको त्रासले जनजीवन आतंकित बनेको छ ।
सो आँधीबाट अन्य १०० जना व्यक्ति वेपत्ता हुनुका साथै आँधीका कारण यी दुबै देशमा सयौँ रुख ढल्नुको साथै विद्युतीय लाइनहरु अवरुद्ध भएको अधिकारीहरुले जनाएका छन्।आँधीले सडक छेउका घरहरु भत्काएको वा उडाएको बताइएको छ। आँधी प्रभावित क्षेत्रमा लाखौँ व्यक्तिलाई सो क्षेत्र खतरायुक्त भएको चेतावनी दिइएको छ।
भारतको दक्षिणी भू–भाग तामिल नाडू र केरला प्रान्त बढी प्रभावित भएको छ भने श्रीलङ्काको दक्षिणी र मध्य प्रान्तहरुमा क्षति पुगेको छ।ती क्षेत्रका सवै बिद्यालय दुई दिनयता बन्द रहेका छन्। सडक, रेलमार्गसमेत बन्द भएको प्रकोप व्यवस्थापन केन्द्रले जानकारी दिएको छ।प्रकोप नियन्त्रण अधिकारका अनुसार आँधीको कारण भारतमा नौ र श्रीलङ्कामा सात व्यक्तिको मृत्यु भएको छ ।प्रायः व्यक्तिहरु रुख ढलेको र ती ढलेको रुखहरुले किचेर मृत्यु भएको बताइएको छ।यस आँधीको कारण तटीय क्षेत्रको समुद्रमा माछा मार्ने डुङ्गाहरु समेत सबै उडाएको भारतका रक्षामन्त्री निर्मला सिथारमानले बताउनु भएको छ।हराउने अधिकांश नागरिक माछामार्न समुद्रमा गएका थिए। उनीहरु धेरैजसो व्यवसायिक मछुवा रहेका बताइएको छ।शुक्रबार बिहानीपख यसको प्रभाव धरै देखिएको थियो। बिहीबार रातिदेखि नै व्यापक हावाहुरी आएको र पछि भीषण बर्षाले गर्दा यति ठूलो संख्यामा नागरिक हताहत र बेपत्ता भएका प्राप्त समाचारमा जनाइएको छ

Comments

Popular posts from this blog

एमाले एक्लै बहुमतको नजिक पुग्दै गर्दा भारतबाटआयो एस्तो खबर

कांग्रेसको पक्षमा स्पष्ट नतिजा नआउने भएपछि सभापति देउवाको राजिनामा माग !