अब संसदमा दुई थरी दल मात्र



– नयाँ संघीय संरचनाअनुसार अब बन्ने केन्द्रीय संसदमा दुई थरी राजनीतिक दलले प्रतिनिधित्व गर्दैछन् । तीन प्रतिशत थ्रेस होल्डका कारण एकथरी राष्ट्रिय मान्यताप्राप्त दल र अर्को गरी सामान्य राजनीतिक दलका हैसियतमा प्रतिनिधिसभामा प्रतिनिधित्व हुनेछन् ।

प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा दलहरुले प्राप्त गरेको मतका आधारमा दलहरुले हैसियत निर्धारण हुँदैछ । अबको संसदमा एक सिट प्रत्यक्षतर्फ र समानुपातिकतर्फ ३ प्रतिशत मत प्राप्त गर्ने दलले राष्ट्रिय दलको मान्यता पाउनेछन् ।

प्रदेशसभाका लागि १.५ प्रतिशत थ्रेस होल्ड राखिएको छ । समानुपातिक प्रणालीबाट प्रतिनिधिसभामा तीन प्रतिशतभन्दा कम मत र प्रदेशसभामा १.५ प्रतिशतभन्दा कम मत गणना हुने छैन ।
संघीय व्यवस्थापिकाअन्तर्गत जनताको प्रत्यक्ष र समानुपातिक मतबाट प्रतिनिधिसभामा २ सय ७५ जना निर्वाचित हुँदैछन् । प्रदेशसभाका लागि दुवै प्रणालीबाट ५ सय ५० जना प्रतिनिधि निर्वाचित हुँदैछन् । राजनीतिक दलले ल्याएको सदर मतको अनुपातमा विजयी सिटको बाँडफाँट समानुपातिक प्रणालीमा गरिनेछ ।
समानुपातिकमा प्रणालीमा देशको भूभागलाई एक निर्वाचन क्षेत्र मानिनेछ । त्यसअन्तर्गत मतदाताले राजनीतिक दललाई मत दिँदैछन् । दलले ल्याएको कुल सदर मतमध्ये तोकिएको सूत्रको माध्यमबाट दलको सिट संख्या निर्धारण हुनेछ ।
प्रतिनिधिसभामा १ सय १० जना सदस्य समानुपातिक प्रणालीमार्फत निर्वाचित हुनेछन् ।

त्यसैगरी प्रदेशमा २ सय २० जना समानुपातिकबाट निर्वाचित हुनेछन् । प्रदेशसभा सांसदका लागि समानुपातिक प्रणालीबाट प्रतिनिधित्व गर्न तीन प्रतिशतको आधा अर्थात् १.५ प्रतिशत मत ल्याउने दलले प्रतिनिधित्व गर्न पाउनेछन् ।

नागरिक दैनिकबाट

Comments

Popular posts from this blog

एमाले एक्लै बहुमतको नजिक पुग्दै गर्दा भारतबाटआयो एस्तो खबर

कांग्रेसको पक्षमा स्पष्ट नतिजा नआउने भएपछि सभापति देउवाको राजिनामा माग !