यसरी हुँदैछ मतगणना
काठमाडौं, २१ मंसिरमा हुने दोस्रो चरण निर्वाचन मतदान सकिएपछि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र समानुपातिक निर्वाचन प्रणालीबमोजिमको मतगणना एकसाथ प्रारम्भ गरिने भएको छ, राजधानी दैनिकमा खबर छ ।
निर्वाचन अधिकृतले मतदान सकिएको दिन बेलुकी ५ बजेपछि कम्तीमा तीनवटा मतगणना टोली बनाई गणना कार्य सुरु गर्नुपर्ने ‘प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन (मतगणना) निर्देशिका २०७४’ मा उल्लेख छ ।
तर स्थान अभावमा एकै समयमा सबै निर्वाचनको मतगणना गर्न नसकिने भएमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिमको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको मतगणना एकैपटक गरी सो गणना समाप्त भएपछि मात्रै समानुपातिक निर्वाचन प्रणालीको मतगणना गरिने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए ।
Comments
Post a Comment