४० लाख उपत्यकाबासी खुसी हुने गरी विद्यासुन्दर शाक्यले गरे यस्तो निर्णय
सुरुवाती अवस्थामा निकै विवादीत बनेको भए पनि पछिल्ला समय काठमाडौँ महानगरपालिकामा विकासको कामले गति लिएको छ ।
स्थानिय तहको निर्वाचन जनप्रतिनिधि
आएपछिको मुख्य प्राथमिकतामा परेको ‘क्लिन द सिटी’ (सफा शहर) अभियान अहिले
तीव्ररुपमा अघि बढेको छ भने अन्य विकास निर्माणको काम पनि भइरहेको छ ।
करिब एक हप्तादेखि बिहानको समयमा ब्रुमर
(धुलो सोस्ने) को माध्यमबाट सडकको थुलो उठाएको कामपाले बेलुकीको समयमा भने
जेट मेसिनबाट सडक पानीले पखालेर शहर सफा राख्ने कामलाई निरन्तर अघि बढाएको छ
।
स्थानीय सरकारले यसरी काम गरिरहँदा
केन्द्र सरकारले सहयोग नगरेको आरोप पनि स्थानीय सरकारले केन्द्र सरकारलाई
लगाएको छ । स्थानीय सरकारले हरेक विकास निर्माणको काम गर्दा स्थानीय
सरकारलाई पूर्व जानकारी र सम्पन्न गर्ने कार्ययोजनासहित दिनुपर्ने करिब एक
महिना अघि प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले निर्णय
गरिसकेको छ ।
नेपाल सरकारका विभिन्न निकायहरुले
महानगरसँग समन्वय नै नगरी आफुखुशी सडक तथा फुटपाथ भत्काउने र लामो समयसम्म
मर्मत नगर्ने प्रवृति रहेको भन्दै कामपाले गत १४ गते विज्ञप्ति जारी गरी
आगामी दिनमा कामपासँग समन्वय गरेर मात्र काम गर्न पनि विज्ञप्तिमार्फत
अनुरोध गरेको छ ।
केही समय अघिमात्र कामपाले निर्माण गरेको
भोटाहीटीदेखि जमलसम्मको फुटपाथ निर्माण गरिसकेको भएपनि नेपाल खानेपानी
विकास समितिले मेलम्ची खानेपानी ल्याउने नाममा भत्काएको बताउँदै कामपाका
प्रमुख विद्यासुन्दर शाक्यले भने , “यसरी भत्काएको सडक सम्बन्धित निकायले
नै निर्माण गर्नुपर्छ ।”
शाक्यका अनुसार अहिले मात्र कामपाले रु
डेढ अर्बको सडक निर्माण कार्य गरिरहेको छ । सडक निर्माणअन्तर्गत अहिले ३२
वटै वडामा काम भइरहेको छ ।
नियमानुसार ८ मिटर सम्मको सडक निर्माण
गर्ने जिम्मा मात्र कामपाको हुन्छ भने आठ मिटरभन्दा माथिको सडक निर्माणको
काम केन्द्र सरकारले गर्नुपर्ने रहेको छ । निर्वाचनका समयमा जनताका सामु
गरेका प्रतिबद्धता क्रमिक रुपमा पूरा गरिने उनले जाकारी दिएका छन् ।
कामपाका क्षेत्रमा भएको जस्तोसुकै राम्रा
नराम्रा कामको जनतालाई जवफदेहिता कामपाले दिनुपर्ने तर निर्माणको काममा
केन्द्र सरकारसँग समन्वय नहुँदा समस्या भोग्नु परेको सहप्रवक्ता नवराज
ढकालको गुनासो छ ।
पछिल्लो समय मेलम्ची खानेपानीको कारण
धुलैधुलो भएको सडक सफा गर्नको लागि एकहप्ता अघिदेखि कामपाले सडकको धुलो
ब्रुमरको माध्यमबाट उठाउने काम गरिरहेको छ । टुँडीखेल, रत्नपार्क र जमल
क्षेत्रमा धुलो उठाउने काम सकिइसकेको छ भने पुतलीसडक क्षेत्रको काम आज
भइरहेको छ । सफा गर्ने क्रममा कामपाले धुलो मात्रै दैनिक पाँच टन सङ्कलन
गर्ने गरेको छ ।
त्यसैगरी, शहरलाई हरियाली बनाउने काम पनि
कामपाले गरिरहेको छ । जमल, रत्नपार्क, न्युरोड, सुनधारालगायत स्थानमा
वोटविरुवा रोपीसकेको छ भने अन्य केही स्थानमा निर्वाचन पछि रोपिने प्रवक्ता
ढकालको भनाई छ ।
केन्द्र सरकारले शुरु गरेका
कलङ्की–त्रिपुरेश्वर र चावहील–बौद्ध सडक विस्तारको काम अत्यन्तै सुस्त
गतिमा भएपनि कामपाका ३२ वटै वडामा कामपाको क्षेत्राधिकारभित्र पर्ने
खाल्डाखुल्डी पुर्ने काम पनि गरिरहेको छ ।
Comments
Post a Comment