मध्यरातमा पैसा बाँड्न जाँदा कांग्रेसको आक्रमणमा परे राजेन्द्र महतो



मौन अवधि जारी रहँदा मंगलबार राति जनकपुरको देवीचोकमा धनुषा ३ बाट राष्ट्रिय जनता पार्टीका प्रतिनिधि सभा उम्मेदवार राजेन्द्र महतोलाई रोक्न खोज्दा कांग्रेस र राजपाका कार्यकर्ताबीच झडप भएको छ।

राति सवा ११ बजे भएको झडपका क्रममा राजपाका केही कार्यकर्ता सामान्य घाइते भएको राजपा नेता जानी खानले बताए।कांग्रेसका युवा नेता राकेशविक्रमले महतोले मौन अवधिमा पैसा बाँड्न गएको आरोप लगाउँदै आफूहरुले लखेटेको बताएका छन्। राजपा नेता खानले भने व्यक्तिगत कामले निस्किएका महतोमाथि आक्रमण भएको दाबी गरेका छन् । जनकपुरको संकटमोचन, बाह्रबिघा नजिकको घरमा डेरा गरी बसेका महतो आफ्ना कार्यकर्तासहित मंगलबार राति बाहिर निस्केका थिए। सुरुमा जनकपुर १६ को कपिलेश्वरमा जाँदा पनि कांग्रेस कार्यकर्ताले होहल्ला र नाराबाजी गरेको र जनकपुर सहरभित्र छिरेर एक जना डेन्टल अस्पतालका मालिकलाई भेटेर निस्कँदा पनि ढुंगामुढा गर्ने क्रममा झडप भएको खानले बताए। महतो निवासमा सकुशल छन्

Comments

Popular posts from this blog

एमाले एक्लै बहुमतको नजिक पुग्दै गर्दा भारतबाटआयो एस्तो खबर

कांग्रेसको पक्षमा स्पष्ट नतिजा नआउने भएपछि सभापति देउवाको राजिनामा माग !