यसरी बन्यो बबीको अन्तिम विकल्प ‘यौन व्यवसाय’

बबी तामाङ, तेस्रो लिंगी :
छोरो भएर जन्मे । हुर्कदै जाँदा छोराको भुमिका निर्वाह गर्न सकिनँ । सबै ताहना छोरीको जस्तो भयो । छोरीकै गर्न कपडा लगाउन थालेँ ।
छोरा मान्छे मन पर्न थाल्यो । घरपरिवार तथा समाजमा गिज्याउने पात्र बनाए । हेला र गलत दृष्टिकोणले हेर्न थाले । प्रकृतिले त्यस्तो बनायो, यसमा हाम्रो के दोष ?
पढ्दै थिएँ, शिक्षक र साथीको हेलाले पढ्न छोड्नुपर्यो । अभिावकले गाली गरेर घरबाट निकाले । कहाँ जाने के गर्ने कसैले काम दिँदैन । सरकारले पनि वास्ता गरेन । अनि अन्तिम विकलप बन्यो देहव्यापार ।
एक दुई हजार रुपैयाँका लागि चिसोमा बस्न कसलाई रहर लाग्छ र तर बाँच्नको लागि खान लाउन त पर्यो नि । काम गर्ने अवसर पाए गथ्र्यौँ । मौका पाउनले गायक मोडल व्यवासइ बनेका छन् । सरकारले पनि तेस्रो लिंगीका लागि केही सोच्नुपर्छ । आफैलाई बेचेर जीवन चलाउँदा नि सुख छैन ।
पुलिसे लैजान्छ, हप्ता दिन राखेर दसपन्त्र्र हजार धरौटीमा छोड्छ । फेर त्यो पैसा तिर्न सडकमै जानुपर्छ । सकारले केही व्यवस्था गरिदिए यौन पेसा त्याग्ने थिए । पत्रकार हामीसंग ग्राहक बनेर आउँछन् ।
हाम्रो काममा बारेमा यस्तो,उस्तो गर्छन्, समाज विगार्छन् भनेर समाचार लेख्छन् । तर समस्या सकाधान के गरेर हुन्छ भनेर लेख्दैनन् ।, यो

Comments

Popular posts from this blog

एमाले एक्लै बहुमतको नजिक पुग्दै गर्दा भारतबाटआयो एस्तो खबर

कांग्रेसको पक्षमा स्पष्ट नतिजा नआउने भएपछि सभापति देउवाको राजिनामा माग !